निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

राजनीति

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज मुलुकका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलमा निर्यात प्रवर्द्धनमा देखिएका चुनौती, नीतिगत सुधार र समाधानका उपायबारे विचार-विमर्श गरिनेछ।

प्रधानमन्त्री शाहले पछिल्लो समय देशको अर्थतन्त्र सुदृढ बनाउन निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद गर्दै आएका छन्।