काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति सचिवालयका अनुसार भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो विकसित घटनाक्रम तथा सुनसरी घटनाको विषयमा छलफल भएको थियो। साथै, उक्त घटनापछि राष्ट्रपति पौडेलले विभिन्न राजनीतिक दलसँग छलफलका लागि आह्वान गरेको सर्वदलीय बैठकबारे पनि सभापति लामिछानेलाई जानकारी गराइएको जनाइएको छ।
पछिल्लो समय सुनसरी घटनालाई लिएर देशभर राजनीतिक तथा सामाजिक चासो बढिरहेका बेला राष्ट्रपति र प्रमुख राजनीतिक दलका नेताबीच भएका भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।