प्रहरीका जुत्ता–कपडा खरिदमा अनियमितता? छानबिन समिति बनाउन सांसद सुनारको माग

राजनीति

सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका जुत्ता, मोजा, कपडा लगायतका सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

लेखा समितिको बैठकमा बोल्दै उनले आरोप लागेका प्रहरी अधिकारीलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन गर्नुपर्ने बताए।

सांसद सुनारले ठेकेदार छनोटदेखि खरिद प्रक्रियासम्मको छानबिन गर्नुपर्ने भन्दै प्रहरी अधिकारी र ठेकेदारबीचको सम्भावित मिलेमतो तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

उनले भने, “आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छन्