इन्डोनेसियामा बालीबाट लोम्बोकतर्फ जाँदै गरेको यात्रुवाहक फेरीमा बुधबार आगलागी हुँदा १७२ जनाको उद्धार गरिएको छ भने एक महिलाको मृत्यु भएको छ।
लोम्बोक स्ट्रेटमा फेरीमा आगलागी भएपछि उद्धार टोलीले यात्रुहरूलाई सुरक्षित स्थानमा निकालेको हो। घटनापछि बेपत्ता हुन सक्ने यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
आगलागीको कारण भने तत्काल स्पष्ट हुन सकेको छैन।