धनगढीमा स्वास्थ्य परीक्षणपछि पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ।
अनुगमनका क्रममा बैतडी पुगेका लम्साल बिरामी परेपछि सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको थियो। त्यहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई काठमाडौं पठाइएको हो।