चोलेन्द्रशमशेर जबरा छुट्ने तयारीमा

राजनीति


पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा लाई प्रहरीले सोधपुछपछि आजै आफन्तको जिम्मा लगाउने तयारी गरेको छ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरिएको होइन, सुरक्षा जोखिमको सूचना पाएपछि घरबाट प्रहरी कार्यालयमा ल्याएर राखिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरिएका जबरालाई अब आफन्तको जिम्मा लगाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
उनीमाथि पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको विषयमा प्रश्न उठेपछि प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ।