पाकिस्तानकी ३४ वर्षीया डाक्टर तथा पर्वतारोही अस्मा मुस्ताकको हिमाल आरोहणका क्रममा निधन भएको छ।
अस्माले पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ७,०२७ मिटर अग्लो स्पान्तिक (Golden Peak) हिमाल सफलतापूर्वक आरोहण गरेकी थिइन्। तर, शिखरबाट फर्किने क्रममा करिब ६,४०० मिटरको उचाइमा गम्भीर उच्च–उचाइसम्बन्धी स्वास्थ्य समस्या आएपछि उनको निधन भएको हो।
अस्मा बेलायतमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ (Obstetrics & Gynaecology) का रूपमा कार्यरत थिइन्।