जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश संकटमा रहेका बेला सरकारको आलोचना गर्नुभन्दा समस्या समाधानका लागि आवश्यक सुझाव र सहयोग दिनुपर्ने बताएका छन्।
आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले बेपत्ता नागरिकको खोजी, भेटिएका शवको पहिचान तथा आफन्तलाई बुझाउने कामलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
विपद् प्रभावितलाई राहत तथा उद्धारमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपालले भविष्यमा यस्ता विपद् दोहोरिन सक्ने भएकाले पूर्वतयारी अहिलेदेखि नै बलियो बनाउनुपर्नेमा जोड दिए।