रसुवा । बाढी र पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू धुन्चेमा अलपत्र परेका छन्।
सडकमार्गबाट सुरक्षित रूपमा तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरमार्फत उद्धार हुने पालो कुरिरहेका छन्।
यात्रुहरूको उद्धारका लागि हेलिकोप्टरमार्फत उडान सञ्चालन भइरहेको छ। विपद्का कारण सडक सम्पर्क विच्छेद भएपछि हवाई उद्धार नै तत्कालको मुख्य विकल्प बनेको छ।