गर्मीले पग्लिँदै गरेको हिमनदी जोगाउन भेडाको ऊनको ‘कम्बल’!

विश्व

स्विट्जरल्यान्डका वैज्ञानिकहरूले तीव्र रूपमा पग्लिरहेको त्सानफ्लूरोन हिमनदीमा भेडाको ऊनबाट बनेका विशाल चादर ओछ्याएर परीक्षण गरेका छन् ।

प्रारम्भिक नतिजामा ऊनका चादरले प्लास्टिकबाट बनेका परम्परागत कभरजस्तै हिउँ पग्लिन कम गर्न प्रभावकारी देखिएको छ । यो प्राकृतिक र जैविक रूपमा कुहिने विकल्प भएकाले वैज्ञानिकहरूले थप परीक्षण गरिरहेका छन्