दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले पाइलटमाथि चक्कु प्रहार गरेपछि विमान आकस्मिक रूपमा साउदी अरबको तबुकमा अवतरण गरिएको थियो। यात्रु र चालक दलले सहपाइलटलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका अन्य पाइलटहरूले सुरक्षित अवतरण गराएका थिए।
घटनापछि इजरायलले आफ्ना नागरिकलाई लिन इजरायली सैन्य विमान साउदी अरब पठाउने अनुमति मागेको थियो। तर, दुई सुरक्षा स्रोतका अनुसार साउदी अरबले उक्त अनुरोध अस्वीकार गरेको छ। साउदी अरब र इजरायलबीच हालसम्म कूटनीतिक सम्बन्ध छैन।
पछि यात्रुहरूलाई फ्लाईदुबईकै अर्को विमानमार्फत आफ्नो गन्तव्यतर्फ पठाइएको Reuters ले जनाएको छ। यात्रुहरू सुरक्षित रूपमा तेल अभिभ पुगेका छन्।