पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छत खस्दा २९ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
बिहीबार बिहान कक्षामा विद्यार्थीहरू पढिरहेका बेला अल–खैर विद्यालयको छत खसेको हो। मृत्यु हुनेमा २८ जना विद्यार्थी र एक शिक्षिका रहेका छन्।
घटनापछि उद्धार टोलीले भग्नावशेष हटाएर उद्धार कार्य पूरा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक अनुसन्धानमा भवनको संरचना कमजोर हुनु र छतमा थप भार पर्नु दुर्घटनाको सम्भावित कारण रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।