मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शङ्कास्पद लागुऔषधका ट्याब्लेट बरामद भएका छन्।
बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएका ट्याब्लेट फेला परेका हुन्।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङबाट हरियो रङका २४० र सुन्तला रङका २४० गरी कुल ४८० ट्याब्लेट बरामद गरिएको हो।
दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ। बरामद ट्याब्लेट कुन प्रकारको लागुऔषध हो भन्नेबारे भने खुलाइएको छैन।