सातै प्रदेशका डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाइयो

राजनीति

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्।

आईजीपी कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन्। सोही क्रममा सातै प्रदेशका डीआईजीलाई पनि काठमाडौं बोलाइएको हो।

डीआईजीहरूलाई बोलाउनुको कारण भने खुलाइएको छैन। केही डीआईजी काठमाडौं पुगिसकेको र केही आउने क्रममा रहेको प्रहरी स्रोतले जनाएको छ।