ओलीको भनाइ : ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही दशक पछाडि धकेलियो

राजनीति


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान असफल नभए पनि लक्ष्य प्राप्तिको यात्रा केही दशक पछाडि धकेलिएको बताएका छन्।
ओलीले पछिल्लो वर्षका घटनाक्रमले विकास र समृद्धिको यात्रामा अवरोध सिर्जना गरेको दाबी गरेका छन्। उनले सडकमा अलपत्र बालबालिकाको संरक्षण र असहाय नागरिकलाई सहयोग गर्ने कामलाई सामाजिक सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा उल्लेख गरे।
यसअघि ओलीले समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति बनाउनुपर्ने बताएका थिए। कृषि, पूर्वाधार, अर्थतन्त्र र रोजगारीका क्षेत्रमा दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।
#KPSharmaOli #नेकपा एमाले #समृद्धनेपाल #सुखीनेपाली #Nponlinetv