काठमाडौं — मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयका अनुसार शनिबार दिउँसो ३ बजेदेखि लाइन सञ्चालनमा आएको हो।
मन्त्री विराजभक्त श्रेष्ठले फिल्डमै पुगेर स्थानीय जनप्रतिनिधि र बासिन्दासँग समन्वय गरेपछि प्रसारण लाइन सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।
यो लाइन सञ्चालनसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म विद्युत् आपूर्ति थप भरपर्दो हुने, ट्रिपिङ तथा पटक–पटक बत्ती जाने समस्या घट्ने अपेक्षा गरिएको छ।
साथै, बर्खायाममा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा जोड्न पनि यसले सहयोग गर्ने मन्त्रालयको भनाइ छ।