युक्रेनमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु

विश्व

युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ८–१० जना घाइते भएका थिए। आक्रमणपछि रेलको इन्जिन र यात्रुवाहक डब्बामा आगलागी भएको थियो।

उपचारका क्रममा घाइतेमध्ये दुई महिलाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

यस्तै, आज खार्किभ क्षेत्रमा खार्किभ–इज्युम यात्रुवाहक रेलमाथि पनि रुसी ड्रोन प्रहार हुँदा ७ जना घाइते भएका छन्।