इरानी आक्रमणमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई अन्तिम श्रद्धाञ्जली, परिवार भावुक

विश्व

इराकको कुर्दिस्तान क्षेत्रमा भएको इरानी आक्रमणमा ज्यान गुमाएका अमेरिकी सैनिक माइकल इमानुएल स्विन्टनको शव अमेरिकाको नर्थ क्यारोलिनास्थित फेयेटभिल क्षेत्रीय विमानस्थलमा ल्याइएको छ।

शव विमानस्थल पुगेपछि परिवार, आफन्त र शुभेच्छुकहरू भावुक बनेका थिए। सैनिकलाई सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको दृश्यले उपस्थित सबैको मन छोएको थियो। अमेरिकी सेनाले स्विन्टनको सेवाप्रति सम्मान व्यक्त गर्दै उनको बलिदानलाई कहिल्यै नबिर्सिने जनाएको छ।cbsnews