काठमाडौंको गोकर्णस्थित नेपाल ट्रष्टअन्तर्गत रहेको जंगलको जीर्ण पुरानो पर्खाल भत्काएर सडक विस्तार गर्ने क्रममा ‘श्री ५ महेन्द्र’ लेखिएका पुराना इँटा फेला परेका छन्।
डोजर प्रयोग गरी पर्खाल हटाउने क्रममा भेटिएका ती इँटाले तत्कालीन राजा महेन्द्रको शासनकालसँग सम्बन्धित ऐतिहासिक संरचनाको संकेत गरेको अनुमान गरिएको छ। इँटाको ऐतिहासिक महत्वबारे थप अध्ययन र संरक्षण आवश्यक रहेको स्थानीयले बताएका छन्।
यस घटनापछि उक्त संरचनाको इतिहास र पुरातात्त्विक महत्वबारे सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।