तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनी युद्धपछि पहिलोपटक सार्वजनिक भिडियोमा देखिएका छन्। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको करिब १२ सेकेन्डको भिडियोमा खामेनी भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।
यो भिडियो उनको स्वास्थ्य अवस्थाबारे विभिन्न रिपोर्ट र चर्चाबीच सार्वजनिक भएको हो। तर भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने खुलाइएको छैन, त्यसैले यसले उनको वर्तमान अवस्थाबारे पूर्ण पुष्टि भने गर्दैन।
मोज्तबा खामेनी सर्वोच्च नेता बनेपछि उनको सार्वजनिक उपस्थितिलाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ।