किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न पत्रकारहरूको माग

समाचार

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयमा पक्राउ परेपछि पत्रकारिता क्षेत्र आन्दोलित बनेको छ।

नख्खुस्थित निवासबाट पक्राउ गरिएका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ। उनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाललगायतका पत्रकार तथा सञ्चारकर्मीले प्रहरी परिसर पुगेर प्रदर्शन गरेका छन्।

पत्रकारहरूले समाचारप्रति असहमति भए कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोजिनुपर्ने भन्दै सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।