शेरबहादुर देउवा आज काठमाडौं फर्किँदै

राजनीति

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार काठमाडौं फर्किँदै छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बैंकक हुँदै थाई एयरलाइन्सको उडानबाट दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

प्रहरीका अनुसार विमानस्थलको गोल्डेनगेटदेखि महाराजगञ्जस्थित निवाससम्म देउवालाई सुरक्षा ‘एस्कर्ट’ दिइनेछ। प्रहरीले उनको धरपकड गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

देउवालाई स्वागत गर्न कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुन अनुमति दिइएको छ। यद्यपि, विमानस्थलको आगमन कक्षमा भने केही शीर्ष नेतालाई मात्र प्रवेश दिइनेछ।