काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना भएको बताइएको छ।
ज्वरोसँगै ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि उनलाई अस्पताल लगिएको जनाइएको छ। रसुवाको बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा करिब १० दिन लगातार खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको बताइएको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारदेखि बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसम्म उनी सक्रिय रूपमा खटिएका थिए।