नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ५ लाख २५ हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
तर, अन्य बैंकिङ कसुरका मुद्दामा बयान तथा अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले उनलाई अदालतको आदेशपछि पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार तामाङविरुद्ध थप ९ वटा बैंकिङ कसुरका मुद्दा विचाराधीन छन्।