ताइवान पुग्यो अमेरिकाले पठाएको पहिलो F-16V लडाकु विमान

विश्व


अमेरिकाले ताइवानलाई बिक्री गरेको ६६ वटा नयाँ F-16V Block 70 लडाकु विमानमध्ये पहिलो दुई विमान शुक्रबार ताइवान पुगेका छन्।
ताइवानको ताइतुङस्थित चिहाङ एयर बेसमा ती विमान अवतरण गरेका हुन्। सन् २०१९ मा करिब ८ अर्ब अमेरिकी डलरको सम्झौताअन्तर्गत यी विमान बिक्रीका लागि स्वीकृति दिइएको थियो। उत्पादन तथा सफ्टवेयरसम्बन्धी समस्याका कारण डेलिभरीमा ढिलाइ भएको थियो।
चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ भने अमेरिकी हतियार बिक्रीको लगातार विरोध गर्दै आएको छ। ताइवानले भने आफ्नो हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न यी विमान आवश्यक रहेको बताउँदै आएको छ।