चीनतर्फ ठूलो ताल फुटेको सूचना, नदी किनारमा सतर्कता

समाचार

रसुवाको नेपाल–चीन सीमा नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेको सूचना आएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी दिएको हो।त्यसपछि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन सूचना जारी गरिएको छ।

ताल फुटेपछि नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यसअघि उक्त क्षेत्रमा पहिरोका कारण बनेको तालमा ठूलो मात्रामा पानी जम्मा भएको र थप बाढीको जोखिम रहेको चिनियाँ अधिकारीहरूले चेतावनी दिएका थिए।
स्थानीय प्रशासनको सूचना पालना गर्नुहोस् र अनावश्यक रूपमा नदी किनारतर्फ नजानुहोस्।