स्ट्यान्डर्ड चार्टर्ड बैंकले दैवीप्रकोप उद्धार कोषमा डेढ करोडभन्दा बढी सहयोग

समाचार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर अर्थात् डेढ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ

गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्प्राप्ति, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि बैंकले उक्त रकम सहयोग गरेको हो

बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको दैनिक जीवन तथा जीविकोपार्जनमा ठूलो असर परेको बताएका छन्

उनले प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग आवश्यक रहेको उल्लेख गर्दै बैंकको तर्फबाट सहयोग गरिएको बताएका छन्