रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोला क्षेत्रस्थित सुनकोशी नदीमा यात्रु बोकेको कार खसेको छ।
प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार फिक्कल गाउँपालिका–२, नवलपुर (सिन्धुली) क्षेत्रमा सुनकोशी नदीमा खसेको हो।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार कारमा ४ जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनी घटनास्थलतर्फ जाँदै रहेको र उद्धार तथा थप विवरण आउन बाँकी रहेको बताएका छन्।