हेलिकप्टर दुर्घटना, ४ जनाको मृ त्यु
ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृ त्यु भएको छ। शनिबार भएको दुर्घटनामा पाइलटसहित एउटै परिवारका तीन कोलम्बियाली महिलाको ज्यान गएको कोलम्बियाली कन्सुलले पुष्टि गरेका छन्।
उनीहरू तिजुका राष्ट्रिय निकुञ्जमाथि घुम्नका लागि हेलिकप्टरमा उडिरहेका बेला दुर्घटना भएको हो। दुर्घटनापछि रियोका मेयरले शहरमा हुने हेलिकप्टर उडानको सुरक्षा निगरानी कडा बनाउनुपर्ने बताएका छन् र नयाँ सुरक्षा मापदण्ड लागू नभएसम्म केही समय उडान रोक्न सकिने सुझाव दिएका छन्।