प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तथा विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्री ले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिनेछन्। […]

Continue Reading

उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं — प्रतिनिधि सभा उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन्। यद्यपि, जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन। जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै ठाकुरले यसअघि […]

Continue Reading

रूसका १६ क्षेत्रमा युक्रेनको भीषण ड्रोन हमला, ८२२ ड्रोन खसालेको दाबी

काठमाडौं । रूस–युक्रेन युद्धमा तनाव थप चर्किएको छ। युक्रेनले आइतबार राति रूसका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको छ। यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई हमलामध्ये एक भनिएको छ। रूसको रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा देशभर ८२२ युक्रेनी ड्रोन खसालिएको दाबी गरिएको छ। तीमध्ये ठूलो संख्या राजधानी मस्को र आसपासका क्षेत्रमा लक्षित भएको […]

Continue Reading

धरानमा ल्याब टेक्निसियन लुना अधिकारीको निधन, उपमहानगरपालिकामा शोक बिदा

धरान । धरान उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्यचौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको निधन भएको छ। अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै धरान उपमहानगरपालिकाले सोमबार नगर कार्यपालिकामा शोक बिदा दिएको जनाइएको छ। प्राप्त विवरणअनुसार सामान्य पेट दुखेपछि अधिकारीले प्यान्टोप्राजोलको सुई लगाएकी थिइन्। सुई लगाएपछि उनलाई गम्भीर एलर्जी प्रतिक्रिया (Anaphylactic Shock) देखिएको र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको बताइएको […]

Continue Reading

कुटपिटबाट घाइते दैलेखका युवाको उपचारका क्रममा मृत्यु

सुर्खेत । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका ३२ वर्षीय औषधि व्यवसायी दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी नगरपालिका–१०, नुवागाउँमा साउन २५ गते राति कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेखको नारायण नगरपालिका–२ का थापा भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। […]

Continue Reading

उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिकाको मृत्युमा हत्या आशंका, अनुसन्धान गहिरिँदै

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिका पशुपती बम जोशीको मृत्यु प्रकरण रहस्यमय बनेको छ। मृतकका माइती पक्षले पशुपतीले आत्महत्या गरेको नभई हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। उनीहरूले श्रीमान्, सासु र ससुराको भूमिकामाथि समेत प्रश्न उठाउँदै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दिएका छन्। धनगढी […]

Continue Reading

वैदेशिक रोजगार व्यवसायी सङ्घको घोषणा : भोलिदेखि देशभरका म्यानपावर कम्पनी बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष राखिएका माग सम्बोधन नभएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनीको कामकाज बन्द गर्ने घोषणा गरेको छ। सङ्घका अनुसार आन्दोलनका क्रममा नयाँ वैदेशिक रोजगारीको विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमसम्बन्धी काम तथा विदेश जाने श्रमिकको उडानसमेत रोक लगाइनेछ। यद्यपि, आज राति १२ बजेसम्म आवश्यक प्रक्रिया पूरा भएका श्रमिकलाई भने उडानमा पठाइने सङ्घले जनाएको छ। सरकारसँग […]

Continue Reading

पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई उपचारका लागि काठमाडौं ल्याइँदै

धनगढीमा स्वास्थ्य परीक्षणपछि पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ। अनुगमनका क्रममा बैतडी पुगेका लम्साल बिरामी परेपछि सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको थियो। त्यहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई काठमाडौं पठाइएको हो।

Continue Reading

हंगेरीमा पोल्यान्डका तीर्थयात्री सवार बस दुर्घटनामा, १२ जनाको मृत्यु

बुडापेस्ट । हंगेरीको एम–३ राजमार्गमा पोल्यान्डका तीर्थयात्री सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटना आइतबार बिहान करिब १ बजे बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा रहेको मेजोकेरेसतेस नजिक भएको हो। बस सडकबाट बाहिरिएर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा ५७ यात्रु र दुई चालक थिए। यात्रुहरू […]

Continue Reading

द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

काठमाडौं — टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपाल सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्। फिनालेमा विभिन्न चार टिमका आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेपछि खड्काले आफूलाई टिम वाङ्देनलाई विजेता बनाउने दृढ इच्छा रहेको बताइन्। पहिलोपटक शोमा कोच बनेका वाङ्देन शेर्पालेसुवासनाको जितलाई ‘सपनाजस्तै’ […]

Continue Reading