सरकारद्वारा राहदानी नियमावलीको अनुसूची संशोधन

समाचार

काठमाडौं — सरकारले राहदानी नियमावली, २०७७ को अनुसूची–२ मा संशोधन गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै राहदानी नियमावलीको नियम ३० बमोजिम अनुसूची–२ को खण्ड ‘ख’ संशोधन गरिएको जनाएको छ। मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ।

यसैबीच, राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप बिहीबार र शुक्रबार राहदानीसम्बन्धी नयाँ आवेदन तथा सम्बन्धित सेवा अस्थायी रूपमा स्थगित गरेको छ।

विभागका अनुसार प्रणाली परिवर्तनका कारण नयाँ आवेदन लिन रोकिएको हो। यद्यपि, यसअघि तयार भइसकेका राहदानी भने नियमित रूपमा वितरण गरिनेछ।