देशको अवस्था नाजुक, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था नाजुक बन्दै गएको भन्दै राष्ट्रियता, लोकतन्त्र र राष्ट्रिय एकतालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।

४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्र मात्रले देशलाई सही दिशा दिन नसक्ने बताए।

उनले अहिले देशको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै राजनीतिक दलले राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकजुट हुनुपर्नेमा जोड दिए। साथै, देशलाई संकटबाट बाहिर निकाल्न वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति अपनाउनुपर्ने धारणा पनि राखे।

कार्यक्रममा उनले संस्थाहरूलाई अझ सुदृढ बनाउन सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए।