चीनको हुनानमा सम्पन्न ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा ६ नेपाली चलचित्र सम्मानित

मनोरञ्जन

चीनको हुनानमा सम्पन्न ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा ६ नेपाली चलचित्र सम्मानित

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसरमा चीनको हुनान प्रान्तमा आयोजित ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल २०२६’ मा प्रदर्शन गरिएका ६ नेपाली चलचित्रलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेल भिसा’‘होस्टेल ३’ लाई अवार्ड प्रदान गरिएको हो।

उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ भन्ने मूल नारासहित आयोजित महोत्सव अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तमा सम्पन्न भएको थियो।

आयोजकका अनुसार यो महोत्सव चीनमा नेपाली चलचित्रहरूको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शन हो। यसले नेपाली चलचित्र, नेपाली संस्कृति, हिमाली सौन्दर्य र कथालाई चिनियाँ दर्शकमाझ तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको छ।