सदनमै प्रधानमन्त्रीको जवाफ माग्दै सांसद राईको प्रश्न: चितवनबाट होइन, संसदबाट बोल्नुस्

राजनीति समाचार

काठमाडौं | असार १४, २०८३

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ संसदमै दिनुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिबारे चितवनबाट प्रतिक्रिया आउनु उचित नभएको भन्दै संसदबाटै जवाफ दिन आग्रह गरे।

सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितअनुकूल थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले लामो समयदेखि उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै आएको उल्लेख गर्दै त्यसबारे अझै निर्णय नभएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, “यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने रेकर्डबाट नहटाइयोस्। तर यदि राष्ट्रहितविपरीत थियो भने तत्काल हटाइयोस्। हामीलाई चितवनबाट आएको प्रतिक्रिया होइन, यही संसदबाट प्रधानमन्त्रीको स्पष्ट जवाफ चाहिएको हो।