महात्मा गान्धीका ६८८ हस्तलिखित विचार १६.२ करोडमा बिक्री, विश्व रेकर्ड

विश्व

मुम्बई । महात्मा गान्धीले आफ्ना निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिंगोरानीका लागि लेखेका ६८८ हस्तलिखित विचारको संग्रह १६ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भएको छ।

साफ्रोनआर्टले मुम्बईमा आयोजना गरेको लिलामीमा बिक्री भएको यो संग्रह कुनै भारतीय ऐतिहासिक दस्तावेजको लिलामीमा बनेको विश्व कीर्तिमान भएको जनाइएको छ।

सन् १९४४ देखि १९४६ सम्म लेखिएका यी हस्तलिखित नोटमा सत्य, अहिंसा, सेवा, आत्मसंयम, स्वराज र धार्मिक समानता लगायतका विषयमा गान्धीका विचार समेटिएका छन्।

यो संग्रह हिंगोरानीको परिवारमा सुरक्षित रहँदै आएको थियो र पछि ‘A Thought for the Day’ नामक पुस्तकमा समेत समेटिएको थियो।