गोकर्णेश्वरमा कुशे औँसीको अवसरमा पितृभक्तको घुइँचो

समाचार

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औँसीको अवसरमा आज बिहानैदेखि पितृभक्तको ठूलो भीड लागेको छ।

दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै भक्तजनले तर्पण, श्राद्ध, पिण्डदान तथा आमान्न गरिरहेका छन्। धार्मिक मान्यताअनुसार गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने विश्वास छ।

कुशे औँसीमा वर्षभरिका धार्मिक कर्मका लागि आवश्यक कुश घरमा भित्र्याउने परम्परा रहेकाले यस दिनलाई विशेष धार्मिक पर्वका रूपमा मनाइन्छ। गोकर्णेश्वरमा आज मेला समेत लागेको छ।