जनकपुरधामका १५ वटा पोखरीमा आजबाट डोजर चल्ने, सुरक्षा समितिको बैठक जारी

समाचार
Image
Image
Image

जनकपुरधामका १५ वटा पोखरी तथा तिनका डिलमा भएको अतिक्रमण हटाउन आजदेखि पुनः डोजर परिचालन गरिने तयारी गरिएको छ। गुठी संस्थानले दिएको ७ दिने म्याद सकिएसँगै प्रशासन, सुरक्षा निकाय र सरोकारवालाबीच सुरक्षा समितिको बैठक जारी रहेको जनाइएको छ।

पहिलो चरणमा ७ वटा पोखरी क्षेत्रबाट ६५ भन्दा बढी अस्थायी तथा स्थायी संरचना हटाइसकेको गुठी संस्थानले अब देवान पोखरी, रुक्मिणी सर, कपालमोचनी सर, पापमोचनी सर, सीताकुण्डसहित १५ पोखरी क्षेत्र अतिक्रमणमुक्त बनाउने तयारी गरेको छ।

उता प्रभावित स्थानीयले विरोध जनाइरहेका छन् भने प्रशासनले सार्वजनिक सम्पत्ति संरक्षण र ऐतिहासिक पोखरी जोगाउन अभियानलाई निरन्तरता दिने जनाएको छ।