एम्बुलेन्समा गाँजा तस्करी

अपराध

धनुषाको नगराइन नगरपालिका–३, देवडिहास्थित ‘माँ सहयोगी संस्था’को नाममा सञ्चालित ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहाको चोहर्वाबाट गाँजासहित पक्राउ परेको छ ।

धनुषाको एम्बुलेन्स सिरहाको कर्जन्हा–११ का सिकेन कुमार मण्डलले चलाउँदै आएको बताइएको छ । एम्बुलेन्स बिक्री तथा भाडामा दिने विषयमा प्रश्न उठिरहेका बेला बिरामी बोक्नुपर्ने एम्बुलेन्सबाटै गाँजा बरामद भएपछि घटना थप चर्चामा आएको छ ।

एम्बुलेन्सको आडमा गैरकानुनी गतिविधि हुन नदिन एम्बुलेन्स भाडामा दिने, ठेक्कामा चलाउने वा बिक्री गर्ने कार्यमाथि कडाइ गर्नुपर्ने माग उठेको छ बिरामी बोक्ने एम्बुलेन्समा गाँजा भेटिएपछि सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ ।