काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६५५ रुपैयाँ थियो।
यससँगै एकै दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा पनि कमी आएको महासंघले जनाएको छ।