कांग्रेसको उपसभापतिमा विनोद चौधरी निर्वाचित, कति पाए मत?

राजनीति

कांग्रेसको उपसभापतिमा विनोद चौधरी निर्वाचित, कति पाए मत?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरी समावेशी उपसभापति पदमा निर्वाचित भएका छन्।

शुक्रबार राति सार्वजनिक मतपरिणामअनुसार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।

त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

उद्योग व्यवसायमा स्थापित चौधरीले अब कांग्रेसको नेतृत्वमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन्।