तस्करीका लागि ‘लाइन’ दिएको आरोपपछि खजुरी प्रहरी इन्चार्जमाथि छानबिन

समाचार

धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका प्रमुख प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरमाथि भारतबाट अवैध सामान भित्र्याउन ‘लाइन’ दिएको र त्यसबापत मासिक रकम लिएको आरोप लागेपछि छानबिन सुरु भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक तस्करले प्रहरी निरीक्षक कुँवरलाई मासिक ८ हजार रुपैयाँ बुझाउने गरेको दाबीगरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिन समिति गठन गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालको संयोजकत्वमा गठित समितिले भिडियोमा गरिएको दाबी तथा खजुरी क्षेत्रका सीमावर्ती नाकाबाट हुने भनिएको अवैध ओसारपसारबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार आरोप पुष्टि भइसकेको छैन र छानबिनबाट प्राप्त तथ्यका आधारमा आवश्यक निर्णय गरिनेछ।

#Dhanusha #Khajuri #NepalPolice #BreakingNews #Investigation #Smuggling