शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

राजनीति

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा भएको कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्। वडा सभापति पदम महताले देउवा सर्वसम्मत चयन भएको जानकारी दिएका छन्।