समृद्ध देउखुरीको संकल्प र विकासका सारथि योगेन्द्र चौधरी : अधुरा सपना पूरा गर्ने नयाँ प्रस्थानबिन्दु
नेपाली कांग्रेसका सह–महामन्त्री तथा युवा नेता योगेन्द्र चौधरी हाल दाङ निर्वाचन क्षेत्र नं. १ का नागरिकका लागि आशा र भरोसाको प्रतीक बन्दै गएका छन्। २०७० सालमा समानुपातिक सांसद रहँदा राप्ती नदीमा चारवटा पक्की पुल निर्माणदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सम्म लिएको ऐतिहासिक पहलले उनलाई विकासप्रेमी नेताका रूपमा स्थापित गरेको छ। अहिले निर्वाचन क्षेत्रका गाउँ–बस्तीमा पुग्दा ‘रुख’ चिन्हमा मतदान गरी प्रत्यक्ष निर्वाचित गराउने जनताको उत्साहले उनको विगतको योगदानप्रतिको उच्च सम्मान प्रष्ट देखिन्छ।
जन्मभूमिलाई व्यवस्थित, सुविधासम्पन्न प्रदेश राजधानी र समृद्ध देउखुरी बनाउने दृढ संकल्पसहित मैदानमा उत्रिएका चौधरीका आगामी योजनाहरू थप प्रभावकारी देखिन्छन्। नेपालगन्जसम्म हुलाकी सडक विस्तार, इमिलिया आसपास राप्ती नदीमा थप पक्की पुल निर्माण, तथा कोइलाबास नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने अठोटले यस क्षेत्रको आर्थिक रूपान्तरण गर्ने विश्वास गरिएको छ। भौतिक पूर्वाधारसँगै स्थानीय किसानलाई व्यावसायिक कृषि प्रणालीमा जोड्दै उत्पादनलाई बजारसम्म पुर्याउने वैज्ञानिक योजनाले देउखुरीलाई आत्मनिर्भर बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गर्छ। पाँच वर्षभित्र जनताले प्रत्यक्ष महसुस गर्ने परिवर्तन ल्याउने उनको यो संकल्प केवल चुनावी नारा नभई देउखुरीको समग्र विकासका लागि तयार गरिएको परिपक्व रोडम्यापका रूपमा स्थानीय मतदातामाझ उत्साहको विषय बनेको छ।