इन्डोनेसियाको पूर्वी जाभाबाट दक्षिण सुलावेसीतर्फ जाँदै गरेको यात्रुवाहक फेरीमा समुद्रबीच भीषण आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्युभएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास)का अनुसार फेरीमा २७१ जना यात्रु सवार थिए। मदुरा द्वीप नजिकै आगलागी भएपछि यात्रुहरूले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। घटनास्थलमा उद्धार अभियान तीव्र रूपमा जारी छ।
अधिकारीहरूले बेपत्ता यात्रुको खोजी भइरहेको र आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन्।