नेपाली कांग्रेसको (थारु क्लस्टर बाट ) सहमहामन्त्रीमा योगेन्द्र चौधरी नै किन?

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्दै सहमहामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका योगेन्द्र चौधरीलाई पुनः सहमहामन्त्रीका रूपमा अघि सार्नुपर्ने पक्षमा विभिन्न आधार प्रस्तुत गरिएको छ। चौधरीलाई नयाँ सोच र नयाँ नेतृत्वसहित जनताको पक्षमा सशक्त कांग्रेस निर्माण गर्ने संकल्प बोकेको नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै आन्तरिक लोकतन्त्रलाई मजबुत पार्ने तथा […]

Continue Reading

नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा पतिविरुद्ध आजदेखि सुनुवाइ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा उनका पति नरेश भट्टविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि सुरु हुँदैछ। ममता सन् २०२४ मा भर्जिनियास्थित आफ्नो घरबाट बेपत्ता भएकी थिइन्। उनको अवस्था अझै अज्ञात छ र शवसमेत फेला परेको छैन। नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शवको अपमान गरेको आरोप लगाइएको छ। अदालतमा आजदेखि सुरु […]

Continue Reading

कांग्रेस बदल्ने गगन थापाको रोडम्याप : निर्वाचनमा गठबन्धन निषेधदेखि दुई कार्यकाल मात्रै प्रधानमन्त्रीसम्म

NPONLINETV नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको रूपान्तरण, सुशासन र आर्थिक समुन्नतिलाई प्राथमिकतामा राख्दै भावी राजनीतिक मार्गचित्र तयार गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदनमा थापाले निर्वाचनमा गठबन्धन नगर्ने, एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने र पार्टीलाई परिणाममुखी बनाउने प्रस्ताव अघि सारेका छन्। ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई मुख्य आधार […]

Continue Reading

फ्लाईदुबईका सह-पाइलटले बञ्चरोले कप्तानमाथि आक्रमण गरेको यूएईको खुलासा

दुबईबाट इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा सह-पाइलटले बञ्चरो (क्र्यास एक्स) प्रयोग गरी कप्तानमाथि आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का सरकारी अधिकारीले बताएका छन्। यूएईका महान्यायाधिवक्ताका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। दुबईबाट तेल अभिभतर्फ १७० भन्दा बढी यात्रु बोकेर उडेको विमानमा उडान सुरु भएको करिब साढे दुई घण्टापछि सह-पाइलटले कप्तानमाथि आक्रमण गरेका थिए। आक्रमणपछि विमान करिब […]

Continue Reading

दशैँका लागि उपल्लो डोल्पाबाट मुस्ताङ झरे च्याङ्ग्रा, पोखरा हुँदै काठमाडौँ पुर्‍याइँदै

डोल्पा । दशैँ नजिकिएसँगै उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्रा बिक्रीका लागि बजारतर्फ ल्याउन थालिएको छ। दशैँलाई लक्षित गर्दै छार्काताङसोङ गाउँपालिकाबाट हिमाल पार गरेर मुस्ताङ पुर्‍याइएका च्याङ्ग्रा अहिले पोखरा हुँदै काठमाडौँतर्फ लैजान थालिएको हो। उपल्लो डोल्पाको उच्च हिमाली क्षेत्रमा पालिएका च्याङ्ग्रा स्थानीय व्यापारीले लामो र कठिन हिमाली बाटो पार गराउँदै मुस्ताङ ल्याएका हुन्। डोल्पाको त्रिपुरासुन्दरी […]

Continue Reading

साउदी अरबमा विमान अपहरणको प्रयास विफल पार्दै यात्रुको ज्यान बचाउने भारतीय पाइलटसँग मोदीको भावुक संवाद

साउदी अरबमा उडिरहेको विमानमा सह-पाइलटको आक्रमणपछि पनि साहस र सूझबुझ देखाउँदै यात्रुहरूको ज्यान बचाएका भारतीय पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले टेलिफोनमार्फत कुराकानी गरेका छन्। मोदीले उनको साहसको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। फ्लाईदुबईको उडान एफजेड १०७३ मा सह-पाइलटले आक्रमण गरी विमानलाई जोखिममा पार्न खोजेपछि गम्भीर घाइते भएका क्याप्टेन स्मितले कठिन […]

Continue Reading

ताइवान पुग्यो अमेरिकाले पठाएको पहिलो F-16V लडाकु विमान

अमेरिकाले ताइवानलाई बिक्री गरेको ६६ वटा नयाँ F-16V Block 70 लडाकु विमानमध्ये पहिलो दुई विमान शुक्रबार ताइवान पुगेका छन्।ताइवानको ताइतुङस्थित चिहाङ एयर बेसमा ती विमान अवतरण गरेका हुन्। सन् २०१९ मा करिब ८ अर्ब अमेरिकी डलरको सम्झौताअन्तर्गत यी विमान बिक्रीका लागि स्वीकृति दिइएको थियो। उत्पादन तथा सफ्टवेयरसम्बन्धी समस्याका कारण डेलिभरीमा ढिलाइ भएको थियो।चीनले ताइवानलाई आफ्नो […]

Continue Reading

शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा भएको कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्। वडा सभापति पदम महताले देउवा सर्वसम्मत चयन भएको जानकारी दिएका छन्।

Continue Reading

नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाले सुरुङमार्गमा तीव्र गति, लेन अनुशासन उल्लङ्घन, ओभरटेकलगायतका ट्राफिक नियम विपरीत सवारी चलाउने चालकलाई कारबाही गरेको हो। सुरुङमार्ग संवेदनशील क्षेत्र भएकाले नियमविपरीत सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै जनधनको क्षति […]

Continue Reading

डीएनए नमुना डिजिटल अभिलेख राख्ने विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ। विधेयकअनुसार अब मानिसको डीएनए प्रोफाइल व्यवस्थित रूपमा डिजिटल अभिलेखमा राख्न ‘डीएनए डेटा बैंक’ स्थापना गरिनेछ। यसको प्रयोग अपराध अनुसन्धान, न्याय सम्पादन तथा बेपत्ता र पहिचान नखुलेका व्यक्तिको पहिचानमा गर्न सकिनेछ। डीएनए डेटा प्रयोग गर्दा व्यक्तिगत गोपनीयता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको […]

Continue Reading