रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

रातो राहदानीबारे उठेका प्रश्नहरूमा पूर्वमन्त्री बाँस्कोटाको स्पष्टीकरण

राजनीति


काभ्रेपलाञ्चोक, असोज २५ – नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूले प्रयोग गरेको रातो राहदानीसम्बन्धी उठेका चासोहरूबारे सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्।

पूर्वमन्त्री बाँस्कोटाले फेसबुकमा पोस्ट गर्दै आफ्नो अघिल्लो कार्यकालमा प्राप्त राजनीतिक (रातो) राहदानी परराष्ट्र मन्त्रालयको सम्बन्धित शाखामा गएर पहिले नै रद्द गरिसकेको जानकारी दिएका हुन्।

उनले अहिले उक्त राहदानी प्रयोगमा नरहेको उल्लेख गर्दै यस विषयमा अनावश्यक रूपमा चासो देखाउनेहरूलाई लक्षित गर्दै यो सूचना सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।

“काम नपाएर चासो देखाउनेहरूलाई एकैचोटि प्रष्ट पार्न यो सूचना आदेशअनुसार जारी गरिएको हो,” भनी बाँस्कोटाले लेखेका छन्।

उनका अनुसार यस स्पष्टीकरणको उद्देश्य भनेको राहदानीको प्रयोगबारे फैलिएका आशंका वा भ्रमलाई अन्त्य गर्नु हो।