रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते
रामेछापको फुलासीमा मालवाहक गाडी दुर्घटना, तीन घाइते
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–फुलासी क्षेत्रमा मालवाहक गाडी दुर्घटनामा परेको छ।
उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूको घटनास्थलमै उद्धार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
दुर्घटनापछि गाडी सडकमा पल्टिँदा यातायात आवागमन अवरुद्ध बनेको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र सडक खुलाउन पहल भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।