नाम्सीमा ढुंगा खस्यो, मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

समाचार

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार हाल सवारीसाधनलाई पुरानो पुलबाट एकतर्फी सञ्चालन गरिएको छ। ढुंगा पन्छाउन आवश्यक उपकरण परिचालन भइसकेको छ भने सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजनले यात्रु तथा सवारीचालकलाई पुरानो पुल प्रयोग गरी अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।