दशैँका लागि उपल्लो डोल्पाबाट मुस्ताङ झरे च्याङ्ग्रा, पोखरा हुँदै काठमाडौँ पुर्‍याइँदै

समाचार

डोल्पा । दशैँ नजिकिएसँगै उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्रा बिक्रीका लागि बजारतर्फ ल्याउन थालिएको छ। दशैँलाई लक्षित गर्दै छार्काताङसोङ गाउँपालिकाबाट हिमाल पार गरेर मुस्ताङ पुर्‍याइएका च्याङ्ग्रा अहिले पोखरा हुँदै काठमाडौँतर्फ लैजान थालिएको हो।

उपल्लो डोल्पाको उच्च हिमाली क्षेत्रमा पालिएका च्याङ्ग्रा स्थानीय व्यापारीले लामो र कठिन हिमाली बाटो पार गराउँदै मुस्ताङ ल्याएका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा र काठमाडौँका बजारमा बिक्रीका लागि लैजाँदै छन्।

दशैँका बेला च्याङ्ग्राको माग बढ्ने भएकाले व्यापारीले हरेक वर्ष उपल्लो डोल्पा लगायतका हिमाली क्षेत्रबाट च्याङ्ग्रा संकलन गरी देशका प्रमुख सहरमा पुर्‍याउने गरेका छन्। हिमाल पार गरेर च्याङ्ग्रा बजारसम्म ल्याउने यो यात्रा निकै कठिन र जोखिमपूर्ण हुने गर्छ।

दशैँको समयमा हिमाली च्याङ्ग्राको मासुको माग उच्च हुने भएकाले पोखरा र काठमाडौँका उपभोक्ताले समेत यसको प्रतीक्षा गर्ने गरेका छन्। च्याङ्ग्राको बजारमा आगमनसँगै हिमाली क्षेत्रका किसान तथा व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसरसमेत मिलेको छ।

हिमालको कठिन यात्रा पार गर्दै सहरका बजारसम्म आइपुग्ने च्याङ्ग्राले दशैँको रौनक थप्न थालेका छन्