रसुवा बाढी : २७ बैंक कर्मचारी सम्पर्कविहीन, ९ शाखा पूर्ण क्षतिग्रस्त

रसुवा — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदी आसपासका क्षेत्रमा कार्यरत ७ बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बुधबार बिहान बाढी आएदेखि उनीहरूसँग सम्पर्क हुन सकेको छैन। प्रभावित क्षेत्रमा टेलिफोन तथा विद्युत् सेवा अवरुद्ध हुँदा कर्मचारीको अवस्था यकिन गर्न कठिन भइरहेको छ। सम्पर्कविहीन कर्मचारीमध्ये नेपाल इन्भेष्टमेन्ट […]

Continue Reading

बाढी प्रभावित नुवाकोट पुगेर अवस्था बुझे प्रधानमन्त्री शाह, राहत र पुनःस्थापनामा तीव्रता दिन निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीपछिको अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्री शाहले प्रभावित परिवारलाई […]

Continue Reading

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री बालेन फिल्डमै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। बाढीबाट प्रभावित विदुर तथा आसपासका बस्तीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग उद्धार, राहत, पुनर्स्थापना […]

Continue Reading

भोटेकोशी र त्रिशूलीको बहाव घट्यो, तर जोखिम कायमै

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। पछिल्लो अवस्थाअनुसार केही स्थानमा नदीको बहाव सतर्कता तहभन्दा तल झरे पनि जोखिम पूर्ण रूपमा टरेको छैन। बाढी पूर्वानुमान महाशाखाले नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक रहेको भन्दै तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी […]

Continue Reading

त्रिशूली–नारायणी किनारमा शव खोजी तीव्र, चितवनमा मात्रै ६४ शव भेटिए

चितवन । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएका मानिसको खोजी त्रिशूली र नारायणी नदी किनारमा अझै जारी छ। पछिल्लो विवरणअनुसार चितवनमा मात्रै ६४ शव फेला परेका छन्। भेटिएका शवमध्ये केही सग्ला छन् भने केही मानव शरीरका अंगसमेत रहेको प्रहरीले जनाएको छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिँदै आएको छ। प्रहरीका अनुसार नदीमा बाढीको बहावसँगै शवहरू त्रिशूली हुँदै नारायणी […]

Continue Reading

रसुवा बाढी : ड्रोन र तालिमप्राप्त कुकुरबाट बेपत्ताको खोजी तीव्र

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धारलाई तीव्र पारिएको छ। खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। स्थानीय बासिन्दाले पनि उद्धारमा सहयोग गरिरहेका छन्। बाढीबाट प्रभावित नदी किनार र आसपासका क्षेत्रमा ड्रोन प्रयोग गरेर थुनिएका तथा हराइरहेका मानिसको खोजी भइरहेको छ। […]

Continue Reading

भोटेकोशी बाढी : प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहले लिए जानकारी

काठमाडौं — भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। उनीहरूले बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले प्रभावित नागरिकको […]

Continue Reading

रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन बन्द, ठूला जलविद्युत् आयोजनामा क्षति

काठमाडौं — रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लामा सञ्चालनमा रहेका पाँच जलविद्युत् आयोजनाबाट हुने करिब २३६ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवागढी, चिलिमे, सान्जेन, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनालाई प्रभावित गरेको हो। बाढीले केही आयोजनाका बाँधस्थल, विद्युत्गृह […]

Continue Reading

पवित्र तीर्थस्थल बरुण र छुजुङ खोलामा जलविद्युत् आयोजना रोक्न स्थानीयको सरकारलाई खबरदारी

काठमाडौमा सोमबार पत्रकार सम्मेलन गर्दै च्यामताङ–काठमाडौं कल्याण समाजले सार्वजनिक गरेको ध्यानाकर्षण तथा अपिलमार्फत बरुण नदी क्षेत्र स्थानीय समुदायको धार्मिक आस्था, परम्परा, प्राकृतिक सम्पदा र जैविक विविधतासँग प्रत्यक्ष जोडिएको पवित्र क्षेत्र भएको उल्लेख गर्दै त्यहाँ जलविद्युत् आयोजना निर्माण गर्ने कार्यले धार्मिक तथा सांस्कृतिक सम्पदामा गम्भीर असर पार्ने दाबी गरेको छ। समाजका अनुसार बरुण नदीलाई स्थानीय समुदायले […]

Continue Reading

गरिमा चौधरी हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौं — बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार मध्यरातसम्म भएको छलफलपछि सहमति जुटेको हो।  सहमतिको पहिलो बुँदामा जघन्य आपराधिक घटनामा विद्यमान कसुर तथा सजायसम्बन्धी कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक कानुन निर्माणका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने उल्लेख छ। यसका लागि […]

Continue Reading